साथी भावना..

                                 जीवनमा धेरै मानिसहरू भेटिन्छन्, तर केही सम्बन्धहरू यस्ता हुन्छन् जसले मनमा सधैंको लागि एउटा विशेष ठाउँ बनाइदिन्छन्। यी ४ वर्षको bachelor यात्रामा धेरै मानिसहरू भेटिए, धेरै साथी बने, तर केही व्यक्तिहरू भने मनमा छुट्टै ठाउँ बनाएर बस्छन्। तिमी पनि मेरो लागि त्यस्तै एउटा राम्रो साथी हौ। हाम्रो बीचमा कहिलेकाहीँ कुरा नमिलेका पलहरू पनि आए, केही अवस्थामा मलाई अफ्ठ्यारो पनि लाग्यो, तर त्यसले तिमीप्रतिको सम्मान कहिल्यै घटाएन। किनकि मानिस perfect हुँदैनन्, तर उनीहरूको व्यवहार र मनले उनीहरूलाई विशेष बनाउँछ।

तिमीले मलाई मात्र होइन, सबैलाई राम्रो व्यवहार गर्थ्यौ। सायद त्यही कारण तिमी सबैको प्रिय थियौ। तिम्रो बोल्ने शैली, सहयोग गर्ने बानी, अरूलाई सम्मान गर्ने तरिका — यी सबै कुरा साँच्चै राम्रो लाग्थ्यो। आजको समयमा राम्रो स्वभाव भएका मानिसहरू धेरै कम भेटिन्छन्, र तिमीमा त्यो गुण सधैं देखिन्थ्यो।

साँचो साथी त्यो होइन जो केवल रमाइलोमा साथ दिन्छ, साँचो साथी त त्यो हो जसले हाम्रो मन बुझ्छ, दुःखमा साथ दिन्छ, अनि कहिल्यै एक्लो महसुस हुन दिँदैन। तिमीले मेरो लागि सधैं त्यही भूमिका निभायौ 'भावना' । तिम्रो व्यवहार, बोली, र सहयोगी स्वभावले तिमीलाई अरूभन्दा धेरै फरक र विशेष बनाएको छ।

कलेजका ती दिनहरू, class मा बिताएका समय, सानो–सानो कुरामा हाँसेका पलहरू, अनि कहिलेकाहीँ भएको misunderstanding — यी सबै अहिले सम्झना बनेर बसेका छन्। जीवन अगाडि बढ्दै जान्छ, मानिसहरू आफ्नै बाटोमा छुट्टिन्छन्, तर केही सम्बन्धहरू भने सम्झनामा सधैं बाँचेका हुन्छन्।

आज हाम्रो पढाइको यात्रा सकिएको छ। अब भोलि कहाँ, कसरी भेट हुन्छ थाहा छैन। सायद पहिले जस्तो दैनिक कुराकानी नहोला, तर तिमी जस्तो राम्रो साथी जीवनमा भेटिएको कुरा भने सधैं खुशी लागिरहनेछ।

म सधैं चाहन्छु तिमी जीवनमा धेरै खुशी रहो, सफल बनो, अनि तिम्रो राम्रोपन कहिल्यै नबदलियोस्। किनकि राम्रो मन भएका मानिसहरूले जहाँ गए पनि सम्मान र माया पाउँछन्।

“कहिलेकाहीँ केही मानिसहरू जीवनमा यति विशेष बन्छन् कि उनीहरू सम्झना होइन, भावना बनेर बस्छन्।”

अन्त्यमा, “केही सम्बन्धहरू सधैं साथमा नरहे पनि, उनीहरूले दिएका सम्झना जीवनभर साथ रहन्छन्।”

तिमी मेरो लागि त्यही सुन्दर सम्झना हौ।


तिम्रो प्रिय साथी,

भुपेन्द्र कठायत (Kailali multiple campus )


Comments

Popular posts from this blog

प्रिय साथी