साथी भावना..
जीवनमा धेरै मानिसहरू भेटिन्छन्, तर केही सम्बन्धहरू यस्ता हुन्छन् जसले मनमा सधैंको लागि एउटा विशेष ठाउँ बनाइदिन्छन्। यी ४ वर्षको bachelor यात्रामा धेरै मानिसहरू भेटिए, धेरै साथी बने, तर केही व्यक्तिहरू भने मनमा छुट्टै ठाउँ बनाएर बस्छन्। तिमी पनि मेरो लागि त्यस्तै एउटा राम्रो साथी हौ। हाम्रो बीचमा कहिलेकाहीँ कुरा नमिलेका पलहरू पनि आए, केही अवस्थामा मलाई अफ्ठ्यारो पनि लाग्यो, तर त्यसले तिमीप्रतिको सम्मान कहिल्यै घटाएन। किनकि मानिस perfect हुँदैनन्, तर उनीहरूको व्यवहार र मनले उनीहरूलाई विशेष बनाउँछ। तिमीले मलाई मात्र होइन, सबैलाई राम्रो व्यवहार गर्थ्यौ। सायद त्यही कारण तिमी सबैको प्रिय थियौ। तिम्रो बोल्ने शैली, सहयोग गर्ने बानी, अरूलाई सम्मान गर्ने तरिका — यी सबै कुरा साँच्चै राम्रो लाग्थ्यो। आजको समयमा राम्रो स्वभाव भएका मानिसहरू धेरै कम भेटिन्छन्, र तिमीमा त्यो गुण सधैं देखिन्थ्यो। साँचो साथी त्यो होइन जो केवल रमाइलोमा साथ दिन्छ, साँचो साथी त त्यो हो जसले हाम्रो मन बुझ्छ, ...