स्व. काजी दल बहादुर कठायत : कृषि कर्मदेखि समाजसेवासम्मको प्रेरणादायी यात्रा
स्व. काजी दल बहादुर कठायत : कृषि कर्मदेखि समाजसेवासम्मको प्रेरणादायी यात्रा डोटी, कुमालिकोट — समाजमा केही व्यक्तिहरू आफ्नो जीवनकालमा गरेको कर्म, सोच र योगदानका कारण लामो समयसम्म स्मरणीय रहन्छन्। यस्तै प्रेरणादायी व्यक्तित्वमध्ये एक हुन् सुदुरपश्चिम दिपायल सिलगढी नगरपालिका - ४ डोटी कुमालिकोट निवासी स्वर्गीय काजी दल बहादुर कठायत । मेहनत, साहस, इमान्दारी र समाजसेवालाई जीवनको मूल आधार बनाएका कठायतले आफ्नो व्यक्तिगत जीवनसँगै समाजको हितमा पनि उल्लेखनीय योगदान पुर्याएका थिए। स्वर्गीय दल बहादुर कठायतको जन्म विक्रम संवत् २००४ साल चैत १२ गते डोटीको कुमालीकोटमा पिता करबीर कठायत र माता लालीदेवी कठायत का एक्ला छोराका रूपमा भएको थियो। सामान्य पारिवारिक परिवेशबाट जीवनको यात्रा सुरु गरेका उनले परिश्रमलाई आफ्नो जीवनको सबैभन्दा ठूलो आधार बनाए। उनको स्वर्गारोहण विक्रम संवत् २०६७ साल चैत्र १५ गते भएको थियो। मेहनतलाई जीवनको मूल मन्त्र बनाएका व्यक्ति काजी दल बहादुर कठायतको जीवन दर्शन निकै सरल तर गहिरो थियो। उनी प्रायः “आफैँ काम गरेर खानुपर्छ, कसैको अधीनमा रहेर काम गर्नु हुँदैन, सकेसम्म आ...